नियम ५
कोर्ट अफ इन्क्वायरीको कार्यविधि
(१) कोर्ट अफ इन्क्वायरी गठन भएपछि प्राड विवाकको कार्यालयले नियम ३ को उपनियम (४) बमोजिम आफूलाई प्राप्त कसूरको सूचना तथा युनिट पतिले सोही नियमको उपनियम (६) बमोजिम भएको अनुसन्धान तथा तहकिकातको प्रतिवेदन कोर्ट अफ इन्क्वायरीलाई उपलव्ध गराउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम कसूरको सूचना प्राप्त भएपछि कोर्ट अफ इन्क्वायरीले सो कसूर हुनबाट रोक्ने, कसूरसँग सम्बन्धित कुनै प्रमाण लोप वा नाश हुन नदिने र आरोपित व्यक्ति भाग्न, उम्कन नपाउने व्यवस्था गर्नु पर्नेछ ।
(३) कोर्ट अफ इन्क्वायरीले कुनै कसूर भएको वा भैरहेको जानकारी पाई अनुसन्धान तथा तहकिकात गर्न गएका बखत वा आफ्नो उपस्थितिमा कुनै कसूर भएको देखेमा तुरुन्त आरोपित व्यक्तिलाई पक्रनु पर्नेछ । त्यसरी पक्रेको आरोपित व्यक्तिलाई अनुसूची–१ बमोजिमको ढाँचामा पक्राउ पूर्जि दिनु पर्नेछ ।
(४) कोर्ट अफ इन्क्वायरीले उपनियम (३) बमोजिम पक्राउ परेको आरोपित व्यक्तिको बयान लिनु पर्नेछ । त्यसरी बयान गराउँदा इमान धर्म सम्झी साँचो बयान गरुँला भन्ने व्यहोराको शपथ लिन लगाई बयान गराउनु पर्नेछ ।
(५) कोर्ट अफ इन्क्वायरीले कुनै कसूरको सम्बन्धमा शंकास्पद देखिएको तथा तत्सम्बन्धमा कुनै महत्वपूर्ण कुरा थाहा छ भन्ने विश्वास गर्नु पर्ने कुनै मनासिव कारण भएको व्यक्तिलाई सोधपुछ गरी आवश्यक देखेमा निजको कुरा बयानको रूपमा लेखवद्ध गरी राख्नु पर्नेछ ।
(६) कुनै कसूर भएको वा भइरहेको वा हुन लागेको जानकारी प्राप्त भएमा कोर्ट अफ इन्क्वायरीले यथाशीघ्र त्यसको अनुसन्धान तथा तहकिकात गरी सबूत प्रमाण संकलन गर्नु पर्नेछ । कोर्ट अफ इन्क्वायरीले अनुसन्धान तथा तहकिकातको सिलसिलामा कसूरसँग सम्बन्धित कागजात वा वस्तु फेला पारेमा त्यसलाई कव्जामा लिनु पर्नेछ ।
(७) कुनै कसूरको सम्बन्धमा अनुसन्धान तथा तहकिकात गर्दा कोर्ट अफ इन्क्वायरीलाई सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को अनुसूची–१ बमोजिमको मुद्दामा अनुसन्धान तथा तहकिकात गर्ने प्रहरी कर्मचारीलाई भए सरहको अधिकार हुनेछ ।
(८) कोर्ट अफ इन्क्वायरीले यस नियम बमोजिम अनुसन्धान तथा तहकिकातको सिलसिलामा बुझेको साक्षीको बकपत्र, संकलन गरेको प्रमाण, चीजवस्तु र मिसिलको दुरुस्त अभिलेख राख्नु पर्नेछ ।